पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक पक्राउ

काठमाडौं, २० पुस । प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् ।

त्यहाँको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिषर काठमाडौंका अनुसार पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको र पक्राउ पर्नेको नेटवर्कबारे खोजी भइरहेको छ ।

प्रतिक्रिया