टर्कीमा छायांकन गरिँदै ‘लिलिबिली’

काठमाडौं । नेपाली चलचित्र ‘लिलिबिली’ टर्कीके स्तानाबुलमा छायांकन भइरहेको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले हलिउड चलचित्र छायांकन हुँदै आएको स्थानमा रोमान्स गरेका छन् । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र ३० चैत्रमा प्रदर्शन आउने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई हलिउड फ्लेवरमा प्रस्तुत गर्न टर्कीमा छायांकन गरिएको निर्माता गोविन्द शाहीले बताए ।

उनले भने, ‘चलचित्र ‘लिलिबिली’ क्वालिटीको दृष्टिले अहिले बनेका चलचित्रभन्दा फरक हुनेछ ।’ यसअघि बेलायतका विभिन्न स्थानमा यो चलचित्रको छायांकन सकी चलचित्र युनिट टर्की पुगेको हो । चलचित्र निर्माणमा गोविन्दसँग सुदीप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ । प्रदीप, जसितासँगै चलचित्रमा अनुपविक्रम शाही, प्रियंका कार्की लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई राम्रो बनाउने प्रयास स्वरूप बेलायत तथा युरोपका विभिन्न स्थानमा छायांकन गरिएको बताउँदै निर्माता शाहीले भने, ‘चलचित्रको छायांकन अहिले अन्तिम अन्तिमतिर पुगेको छ ।’

 

प्रतिक्रिया