जमुनाको ‘कैली’ विमोचित


सौर्य समाचार
काठमाडौं, १५ पुस । महिलाले भोग्नुपरेका समस्याका विषयमा केन्द्रीत रहेर साहित्यकार जमुना न्यौपानेले लेखेको उपान्यास ‘कैली’ सार्वजनिक भएको छ । एक समारोहका बीच अभिनेता नीर शाहले सो उपन्यास विमोचन गरेका हुन् ।
शाहले नारीलाई सम्मान गर्नुपर्ने हाम्रो सभ्य समाजमा उल्टो पीडा दिने गरिएको बताए । उपन्यासमा नारीको विषयलाई प्रधानता दिइएको छ ।
समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारलाई कलात्मक रूपमा उपन्यासमा चर्चा गरिएको छ । उपन्यास बुलबुल प्रकाशन गरेको हो ।

प्रतिक्रिया