जर्ज फिस्चरका नयाँ उत्पादन

काठमाडौं, १५ पुस । जर्ज फिस्चरले आफ्नो उत्पादनको नयाँ संस्करण नेपालमा सार्वजनिक गरेको छ । आफ्नो आधिकारिक वितरक सन्चेती ट्रेड लिंकमार्फत जर्ज फिस्चरले आफ्नो नयाँ रेन्जको उत्पादन नेपाल भित्र्याएको हो ।

जर्ज फिस्चर पाइपिङ प्रणाली इलेक्ट्रोफ्युजन पिई १०० फिटिंसको बृहत् रेन्ज, मेयरमेन्ट इन्स्टुमेन्ट्स र थुप्रै प्रोडक्ट पानी तथा ग्यासको सुरक्षित प्रवाहका लागि कम्पनीका उत्कृष्ट रहेको बताइएको छ ।

जर्ज फिस्चरका युटिलिटी हेड केतन शाहले पानीको स्रोत निकै सीमित हुँदै गएकोले सावधानीपूर्वक यस महत्वपूर्ण स्रोतको उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘पानीको अभावको मुख्य कारण भनेको असमान वितरण र शुद्ध पानीको सीमित आपूर्ति हो । यो शताब्दीमा शुद्ध पानीको आपूर्ति गर्ने कुरा निकै जटिल चुनौती बनेको छ ।’

जर्ज फिस्चर पाइपिङ सिस्टम्स, थर्मो–प्लास्टिक पाइपिङमार्फत पानीको स्थिर आपूर्तिको पूर्ण समाधान दिने एक अग्रणी उत्पादक हो । विश्वभर पानी संरक्षणका चुनौतीहरू सम्बोधन गर्न सक्ने र आफ्ना उपभोक्ताहरूलाई एकीकृत समाधान तथा सेवा दिन सक्ने एक मात्रै उत्पादक जर्ज फिस्चर भएको शाहले दाबी गरे ।

सन्चेती ट्रेड लिंकका पवनकुमार सन्चेतीले जर्ज फिस्चर पाइपिङ सिस्टम अहिलेको मागलाई सम्बोधन गर्न सक्ने चुहावटरहित र खियारहित प्लास्टिक पाइप्स, फिटिंस र भल्भ्स भएको बताए ।

उनले भने, ‘जर्ज फिस्चरले विगत एक दशकदेखि पानीको प्रयोगका क्षेत्रमा विश्वसनीय समाधानको विकास गर्दै घरायसीदेखि औद्योगिक र ठूला भवनहरूका लागि उपयुक्त प्रविधिहरू उपभोक्तालाई दिने र पानीको स्रोतको प्रभावकारी व्यवस्थापनमा योगदान गर्दै आएको छ ।’

प्रतिक्रिया