एमाले स्थायी कमिटीको बैठक ओली निवासमा

काठमाडौं, १३ पुस । नेकपा एमाले स्थायी कमिटीको बैठक ओली निवास बालकोटमा भएको छ । बैठकमा राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानका विषयमा निकास खोज्ने विषयमा छलफल भएको छ ।

बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयनका विषयमा छलफल भएकाे ओली प्रेस संयोजक चेतन अधिकारीले बताए ।

स्थायी कमिटि बैठकपछि सम्भव भए विहिबार नभए शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ।

प्रतिक्रिया