महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

पोखरा, ११ पुस । पोखरा रंगशालामा मंगलबारदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य-पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी भएका छन् ।

प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको दुवैतर्पm प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

पुरुषतर्फ पूर्वाञ्चल र नेपाल आर्मीबीच शुभारम्भ खेल भएको थियो ।

प्रतिक्रिया