नेपाल भुटानसँग बराबरीमा रोकियो

काठमाडौं । यसअघि नै उपाधि यात्राबाट बाहिरिएको नेपालले भुटानसँगको अन्तिम खेल बराबरीमा खेलको छ । नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा भुटानसँग १–१ को बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो ।

खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि खेलको ८१औँ मिनेटमा नेपालकी सबिता रानामगरले गोल गर्दै खेल बराबरी ल्याएकी थिएन । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । तर, पाएको पेनाल्टीमा नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल १–१ को बराबरीमा सकियो । ४ टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगिताको यात्रा समाप्त गरेको छ ।

नेपाल च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–० र दोस्रोमा भारतसँग १०–० ले स्तब्ध भएको थियो । राउन्ड रोविन लिगको आधारमा जारी च्याम्पियनसिपमा बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । १ हार र २ जित निकालेको भारत ६ अंकसहित दोस्रो स्थानमा छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया