जोशीको निधनमा दुःख व्यक्त

काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं तत्कालीन जिल्ला विकास समितिका सदस्य हरिप्रसाद जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विहिबार जारी विज्ञप्तिमा उनको निधनप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्नाका साथै आत्माको चीरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका-४ जुजिडुम्री निवासी जोशीको निधनले कांग्रेसले कुशल संगठनकर्तालाई गुमाएको र उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

जोशीको ६४ वर्षका उमेरमा विहिबार बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जोशीले नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया