रनर ब्रान्डका उत्पादन बजारमा


काठमाडौं, ६ पुस । बंगलादेशमा उत्पादित रनर ब्रान्डका मोटरसाइकल र स्कुटरलाई नेपालको लागि आधिकारिक विक्रेता रमण मोटर्स प्रालिले सर्वजनिक गरेको छ ।

रनर ग्रुप अफ कम्पनीका चेयरमेन हफिज रहमान खान तथा रनर अटोमोबइल्सका प्रमुख कार्यकारी निर्देशक मुकेश शर्मा र रमण ग्रुपका तर्फबाट चेयरमेन बलराम महतो तथा रमण मोर्टसका प्रमुख कार्यकारी निर्देशक रमण महतो ले संयुक्त रूपमा रनर ब्रान्डका ८० सिसी, १ सय सिसी, १ सय १० सिसी, १ सय २५ सिसी, १ सय ५० सीसीका मोटरसाइकल र १ सय १० सिसीको स्कुटर काइट प्लस आकर्षक मोडलहरू सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया