एनबिआई र एनसिसीबीच सम्झौता


काठमाडौं, ५ पुस । नेसनल बैंकिङ इन्स्ट्रिच्युट र नेपाल क्रेडिट एन्ड कमर्स बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबिआईले नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने छ, भने नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नेसनल बैंकिङ इन्स्ट्रिच्युटबाट ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरूका लागि वार्षिक तालिम सञ्चालन गराउने भएको छ ।

उक्त सम्भौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेसनल बैंकिङ इन्स्ट्रिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन् ।

 

प्रतिक्रिया