इन्टग्रिटी आइडल बने मोरङका सहायक प्रजिअ पौडेल

काठमाडौँ, ३ पुस । मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टरग्रीटी आईडल बनेका छन् ।

अकाउन्टविलिटी ल्याव नेपालले मंगलबार राजधानीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेल आईडल बनेको घोषणा गरिएको हो ।

देशभरीका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनियता र भोटको आधारमा छानिने प्रतियोगितामा ९ हजार ९ सय १ मत प्राप्त गरी पौडेल आईडल बनेका हुन् ।

त्यसैगरी, यस वर्षको उत्कृष्ट सरकारी कर्मचारी काभ्रे जिल्लाका कृष्ण धिताल, काठमाडौँका सवनम पाठक, कालिकोटका सबराज बम र सिर्जना तिवारी रहेका छन् ।

आइडल घोषणा भएपछि पौडेलले सकारात्मक सोच, विश्वसनियता र काम गर्ने इच्छा शक्ति लिएर सरकारी कर्मचारी अघि बढ्नुपर्ने धारणा राखे ।

आइडल छनोटमा पर्नका लागि पाँच वर्ष सरकारी काम गरेको र पाँच वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्ने र जनताप्रति बफादार भई काम गरेका कर्मचारीले मात्र आफ्नो नाम दर्ता गर्न पाउने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया