प्रकृति र अजा क्वार्टर फाइनलमा

काठमाडौं । स्नेहा यादव, प्रकृति श्रेष्ठ र अजा रेग्मी १५औँ जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू–१४ गल्र्स सिंगल्समा सोमबार क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा स्नेहाले निमिशा ढकाललाई ६–१ र ६–३, प्रकृतिले श्रृष्टि राईलाई ६–४ र ६–३ तथा अजाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धाको ब्वाइजमा कुवेहाङ चेम्जोङले आयुश गुरुङलाई ६–० र ६–०, आर्यन गिरीले सफल श्रेष्ठलाई ६–१ र ६–१, आदित अग्रवालले साक्षत शाहीलाई ६–४, ०–६ र ६–४ तथा सरोज तामाङले प्रणव मानन्धरलाई ६–१, ४–६ र ७–५ को सेटमा हराउँदै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरे । यू–९ गल्र्स सिंगल्समा जेनि खड्काले साम्राज्ञी लामालाई ४–० र ४–० को सीधा सेटमा पाखा लगाउँदै क्वार्टर फाइनल यात्रा तय गरिन् ।

त्यसै स्पर्धाको ब्वाइजमा डार्सिल श्रेष्ठले साश्वत वज्राचार्यलाई ४–० र ४–० तथा बोरिस अधिकारीले हर्सित पन्तलाई ४–० र ४–१ को सेटमा पन्छ्याउँदै अन्तिम ८ मा पुगे । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यू–१० गल्र्स सिंगल्समा इभा अधिकारीले नाला जे. मास्केलाई ६–० र ६–० तथा उत्सा लामाले अद्या पौडेललाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

गल्र्स डबल्समा प्रेरणा कोइराला र सुभाङ्गीलक्ष्मी शाहको जोडीले श्रृष्टि राई र अजा रेग्मीको जोडीलाई ६–१ र ६–० तथा इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीले प्रकृति श्रेष्ठ र स्नेहा यादवको जोडीलाई ६–१ र ६–१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाए । विजिशा श्रेष्ठ र अभिलाषा विष्टको जोडीले जुम्ल्याहा दिदी एनी र बहिनी क्याथ्रिन माथेमाको जोडीलाई ६–१ र ७–६ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए ।

प्रतिक्रिया