आरबिबीको सिइओमा डा. भण्डारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चार वर्षका लागि डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रबन्धकको रूपमा कार्य गरिसकेका छन् ।

आइतबार भएको पदभारका क्रममा आरबिबी मर्चेन्ट बैंकिङका सञ्चालकहरू कविराज अधिकारी, केशवप्रसाद लम्साल, देवेन्द्ररमण खनाल, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीलगायतको उपस्थिति थियो । ०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरबिबी मर्चेन्ट बैकिङको हाल चुक्ता पुँंजी १० करोड रुपैयाँ छ । हाल सहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १ सय ७९ वटा शाखा कार्यालयबाट पनि सेवा लिन सकिन्छ ।

प्रतिक्रिया