प्रमोदले गाए देउडा गीत

काठमाडौं । गायक प्रमोद खरेलले पहिलोपटक देउडा गीत गाएका छन् । सुगम संगीतमा निकै रुचाइएका प्रमोदले पत्रकार डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै’ गीतमा स्वर दिएका हुन् ।

साथै सो गीतको म्युजिक भिडियोसमेत रिलिज गरिएको छ । गीतको भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीको अभिनय छ । शंकर बिसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया