भाडा तिर्न नसकेपछि मल्लिका घरबाट निकालिइन्

एजेन्सी । बलिउड अभिनेत्री मल्लिका शेरावत घर भाँडा तिर्न नसकेपछि घरबाट निकालिनु परेको छ । यो घटनाले फेरि एकपल्ट उनको चर्चा चुलिएको छ । सधैं आफ्नो हट छविका कारण चर्चामा आउने मल्लिका घर भाँडा तिर्न नसके पछि चर्चामा आएकी हुन् ।

आफ्ना ब्वायफ्रेन्ड सिरिल अग्जनफेन्ससँग पेरिसमा बस्दै आएकी मल्लिकालाई घरको भाडा तिर्न नसकेपछि घर मालिकले निकालेको खबर आएको छ । यो जोडीले घर भाडा तिर्न नसकेपछि घरबाट बाहिर निकालिनु परेको हो । अन्तराष्ट्रिय समाचारका अनुसार मल्लिका र उनको ब्वायफ्रेन्डले ८० हजार युरो अर्थात ९० लाखभन्दा बढी रुपैयाँ तिर्नुपर्ने थियो । उनको वकिलले दुवैको आर्थिक अवस्था खस्किँदै गएकाले भाँडा तिर्न नसकेको बताएका छन् ।

रिमा लाम्बा वास्तविक नाम रहेी मल्लिकाले बलिउड करिअरको सुरुवात ‘ख्वाहिश’ बाट गरेकी थिइन् । तर यस विषयमा मल्लिकाले खण्डन गरेकी छिन् । उनले ट्विटमा लेखेकी छन्, ‘केही मिडियाकर्मीलाई लाग्छ, मेरो पेरिसमा केही अपार्टमेन्ट छ । तर, त्यो सत्य होइन ।

कसैले कुनै अपार्टमेन्ट मलाई दानमा दिएको हो भने कृपया मलाई ठेगाना बताइदिनु होला ।’ केही समय अगाडि आफ्नो श्रीमान् र एक छोरालाई छोडेर मल्लिका ब्वायफ्रेन्डसँग पेरिसमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया