एभरेस्ट बैंक कलेज फुटसलमा टाइम्स च्याम्पियन

काठमाडौं । टाइम्स कलेज एभरेष्ट बैंक अन्तरकलेज फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ । बिहीबार साझ कृत्रिम प्रकाशमा सञ्चालन भएको फाइनल खेलमा टाइम्सले कसमस कलेजलाई ४–० गोलमा स्तब्ध बनायो । टाइम्सको जितमा नायक बनेका अनिश कार्कीले ह्याट्रिक पूरा गर्दा १ गोल भने आत्मघातीको रूपमा प्राप्त गरेको थियो ।

टाइम्स कलेजले सेमिफाइनमा नेसनल कलेजलाई ३–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो भने कसमस कलेजले लुम्बिनी कलेजलाई २–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको थियो । एभरेष्ट बैंकको मुख्य प्रायोजन तथा अस्ट्रेलियन एजुकेशन स्पेसलिस्ट (असिज गु्रप), अर्ना बियर र प्रिज्मा एड्भरटाइजिङको सह–प्रायोजकमा संचालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी कसमस कलेजका अरुण तामाङ चुनिए ।
टाइम्सका तर्फबाट उत्कृष्ट डिफेन्ससमेत गरेका अनिश कार्की उत्कृष्ट डिफेन्डर भए । टाइम्सकै रोमन रसाइली बेस्ट किपर चुनिए । धुम्बराहीस्थित धनवन्तरी फुटसलमा सम्पन्न भएको प्रतियोगिताका विजेता टिमलाई प्रमुख अतिथि एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंकका नायब महाप्रबन्धक राजीव जैन, असिज गु्रपका प्रवन्धक निर्देशक सौरभ खनाल, आयोजक पोक्सी इन्फोटेकका प्रबन्धक निर्देशक नरेन्द्र खड्का लगायतले पुरस्कृत गरे ।

मेरिडियन पोलिक्लिनिकको हस्पिटालिटीमा सञ्चालन भएको प्रतियोगिताको विजेताले ५५ हजारसहित शिल्ड, मेडल प्राप्त गर्दा उपविजेता कसमस कलेजले २५ हजार नगद प्राप्त ग¥यो । एकदिने प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया