गोकुलेश्वरमा महालक्ष्मीको नयाँ शाखा


काठमाडौं । महालक्ष्मी विकास बैंकले बिहीबारदेखि दार्चुलाको गोकुलेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिमको दुर्गम जिल्लामा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सँगै बैंकको शाखा ७० पुगेको छ भने एटिएम ३५ वटा छन् । विकास बैंकहरूमा सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंकले कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया