राष्ट्रपतिलाई फेसबुकमा गालीगलौज गर्ने पक्राउ

काठमाडौं, २८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकको स्टाटसमा गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बन्दिपुर-३, तनहुँका २० वर्षीय विवेक बानियाँ रहेका छन् । काठमाडौंको कालिमाटीमा बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया