वीरगञ्ज, २७ मंसीर । बाराको क्षेत्र नम्बर–२ को पचरौता नगरपालिका २ बेल्दारीमा संघीय समाजवादी फोरमले विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।
दिउँसो साढे ३ बजे संघिय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समुहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबिच झडप भएको थियो ।
झडपपछि स्थिती नियन्त्रणमा लिन पुगेको प्रहरीमाथी समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर गरेको बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताए ।
उनले भने,‘झडपमा परि चार प्रहरी घाईते भएका छन् । घाईते हुनेमा एक प्रहरी नायव निरीक्षक र ३ जवान रहेका छन् ।
घटना स्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको बाराका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।
प्रतिक्रिया