पर्साको जगरनाथपुरमा आगलागी हुँदा ८ घरगोठ नष्ट

वीरगञ्ज, २७ मंसिर । पर्साको जगरनाथपुर गाँउपालिकाको-५ धर्मपुर गाँउमा बुधबार आगलागी भएको छ । आगलगीमा घरगोठ गरी ८ वटा घर जलेर नष्ट भएको छ ।

स्थानीय हरेन्द्र साह गोठको घरबाट सल्केको आगो धुरी साह गोढ , शिवनाथ गोढ, जगदिश ठाकुर हजाम, राजेन्द्र पंडित, धुरी पंडित लगायतको घर जलेर नष्ट भएको छ ।

आगलागी हुदाँ घरमा रहेको लत्ताकपडा, अन्न, भाँडा लगायतका समाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागिमा परेर गोठ नजिकै रहेको खलियनामा ३ हजार धानको बोरा पनि जलेर नष्ठ भएको छ ।

आगलागीमा परेर नष्ट भएको धनमालको थप बिवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

प्रतिक्रिया