सामाखुशीमा गण्डकीको शाखा

काठमाडौं २७ मंसिर । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको सामाखुशीमा शाखा खोलेको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे । बैंकले यो शाखाबाट निक्षेप संकलन, सहज र सरल रूपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटिएम, एसएमएस, आस्वा, मोबाइल बैकिङ, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

शाखा उद्घाटनको अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले गण्डकी विकास बैक एक सबल र सक्षम विकास बैंकक भएको बताउँदै सदैब उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंक परिवारलाई बधाई दिए । पछिल्ला दिनहरूमा बैंक तथा वित्तिय संस्थाहरूमा जोखिम बढ्दै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनको धारण थियो ।

समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रमबारे जानकारी गराए । गण्डकी विकास बैंक लिमिटेडले आव २०७४÷७५ को प्रथम त्रैमाससम्ममा १९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जातर्फ १६ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ ।

बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरूमा गरी ५२ वटा शाखा कार्यालय मार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रूपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, मोबाइल बैंकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालयलगायत केही शाखाहरूबाट ३ सय ६५ दिने बैंकिङ सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया