अन्तरकलेज फुटसललाई एभरेष्ट बैंकको साथ

काठमाडौं २७ मंसिर । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलबार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका इभेन्ट म्यानेजर सरोज शर्मा ढुंगानाबीच सम्झौतापत्र आदानप्रदान भएको छ । २८ मंसिरमा सञ्चालन हुने एकदिने फुटसल प्रतियोगिता सम्झौतापश्चात् एभरेष्ट बैंक अन्तरकलेज फुटसल प्रतियोगिताको नामले सञ्चालन हुने भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौतापत्रमा हस्ताक्षरपश्चात् राष्ट्रको गौरव बढाउने एकताको प्रतिक खेल क्षेत्रसँग हाम्रो संस्था जोडिन पाउँदा गौरवान्वित भएको धारणा व्यक्त गरे । आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका इभेन्ट म्यानेजर ढुंगानाले दिगो दरिलो विश्वासिलो स्लोगनका साथ प्रतिष्ठा कमाएको एभरेष्ट बैंकले खेल क्षेत्रमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे ।

लाजिम्पाटस्थित एभरेष्ट बैंक केन्द्रीय कार्यालयमा सम्पन्न सम्झौतापत्र हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका नायब महाप्रबन्धक राजीव जैन, सहायक महाप्रबन्धक केशवराज पौडेल, वरिष्ठप्रबन्धक रञ्जन खड्का लगायतको उपस्थिति रहेको थियो ।  लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी २० टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले ५५ हजार र उपविजेता टिमले २५ हजार नगद प्राप्त गर्नेछन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौताअनुसार नगद पुरस्कार, सिल्ड, मेडल, ब्यानर र व्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ ।

 

प्रतिक्रिया