विजयी बाम सांसद् जनता भेट्न गाउँ-गाउँमा

कृष्ण ओझा
पाँचथर, २६ मंसिर । पाँचथरका बाम गठबन्धनबाट बिजयी सांसद्हरु गाउँगाउँमा जनाता सामु बधाइ तथा शुभकामना दिन पसेका छन् ।

बाम गठबन्धका प्रतिनिधि सभाका सदस्य प्रभावशालि नेता बसन्तकुमार नेम्वा र प्रदेश सभाका बिजयी सांसद गणेशकूमार काम्वाङ, माओादी केन्द्रका प्रदेश सभाका सांसद् इन्द्रबहादुर आङबो ‘मौसम’ विजयको माला लगाउन र मतदाताहरुमाज बधार्इ तथा शुभकामना दिन पुगेका हुन् ।

सोमबार यङवरक गाउपालिकाको थर्पु बजारमा विजयी उत्सव मनाएका छन् । बाम गठबन्धनले विजयी प्रतिनिधिसभा र प्रदेशसभा भारिमतले कब्जा गरेलगत्तै उक्त अभियान चलाएका हुन् ।

 

विजय सभामा प्रतिनिधिसभा सदस्य बसन्त कुमार नेम्वाङले पाँचथरको बिकास र समृद्धि र राष्ट्रकै विकास, स्थायित्व सरकार बन्ने भन्दै न्यायप्रेमि जनतालार्इ लाखौलाख धन्यबाद सहित सुभेक्षा व्यक्त गरे ।

त्यस्तै प्रदेशसभका सांसद गणेशकूमार काम्वाङले निर्वाचनको समयमा आफूले दिएको प्रतिवद्धता पुरा गर्ने भन्दै बधाइ तथा भुभकामना दिए ।

विजयी र्यालीले बजार परिक्रमागरी विजयी सभाको आयोजना गरेको थियो । जितेको उपलक्ष्यमा भोजको समेत आयोजना गरेको थियो ।

क्षेत्र नम्बर १ र २ मा अनुकुल क्षेत्रमा बिजयी सभाको आयोजना गरी बधाइ कार्यक्रम रहेको बाम गठबन्धनले जनाएको छ ।

मंसिर २६ गते देखि पुष २ गते सम्म प्रदेश २ को सबै क्षेत्रमा र प्रदेश १ को अनुकुल हुने सबै क्षेत्रमा पुष ३ गते देखि ९ गते सम्म भेटघाट संचालन गरिने एमाले जिल्ला अध्यक्ष राज कुमार भण्डारीले बताए ।

प्रतिक्रिया