दुईजना सहायक रथीको पदावधि थप

काठमाडौँ, २५ मंसिर । मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ ।

बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिए ।

प्रतिक्रिया