सिरहा–१ मा काँग्रेसका गिरि विजयी

सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी भएका छन् । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा एमालेका अशोक यादव विजयी भएका छन् । उनले ११ हजार ११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गरे ।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा एमालेका मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरे ।

प्रतिक्रिया