झापा–१ मा वाम गठबन्धनका कार्की विजयी

भद्रपुर, २४ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले ३६ हजार १७३ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका छन् । कूल ७५ हजार ९७० मत खसेको यो क्षेत्रमा दुई हजार ६६७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।

यसैगरी क्षेत्र नं १, प्रदेशसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् । प्रदेशसभा सदस्य ‘क’ मा नेकपा एमालेका श्रीप्रसाद मैनालीले २२ हजार ९७२ र ‘ख’ मा एमालेका गोपालचन्द्र बुढाथोकीले १७ हजार ८३९ मत प्राप्त गरी विजयी भएका छन् ।

मैनालीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव पाण्डेले १७ हजार २४० र बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै अशोक पोखरेलले नौ हजार ९७८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया