पर्सा – २ (क) मा काँग्रेस विजयी

   पर्सा, २४ मंसिर । निर्वाचन क्षेत्र नं २ (क) बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी भएका हुन् ।

तेलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवभन्दा १५० मत बढी ल्याई विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । तेलीका निकटतम प्रतिद्वन्दी यादवले १० हजार ७९ मत हासिल गरेका थिए ।

प्रतिक्रिया