खोजखबर

इलामका सबै स्थानमा वाम गठबन्धन विजयी

सौर्य अनलाइन २०७४ मंसिर २४ गते १२:३९ मा प्रकाशित

इलाम, २४ मंसिर । इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट विजयी बनेका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेललाई भारी मतान्तरसहित विजयी बनेका हुन् ।

खनाल ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् भने उनका नजिकका प्रतिष्पर्धी नेपाली काँग्रेसका कट्टेलले १९ हजार ६२७ मत ल्याएका छन् । त्यस्तै प्रतिनिधिसभा–२ मा एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङ विजयी बनेका छन् । \

उनले ३६ हजार ५१४ र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव थापाले २६ हजार ८६० प्राप्त गरेका छन् । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ का दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नं १ (क) बाट खिनु लङ्वा लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आइतबार बिहान भएको अन्तिम मतपरिणामअनुसार लिम्बूले १८ हजार ६८६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याएका छन् । इलाम क्षेत्र नं १ (ख) बाट एमालेका काजीमान कागाते प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

अहिले बिहान ४ बजे भएको मतपरिणामअनुसार कागातेले १७ हजार ९८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेक छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (क) मा एमालेका राम राना विजयी बनेका छन् । उनले १८ हजार ३१३ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका डम्बर खड्काले १५ हजार १०४ मत प्राप्त गरेका छन् ।

२ (ख) मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका धीरेन्द्र शर्मा विजयी बनेका छन् । उनले नौ हजार र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र देवानले छ हजार ८१५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया