यस्तो छ काभ्रेको पछिल्लो मत परिणाम

काठमाडौं, २३ मंसिर । काभ्रेको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धननै अगाडि रहेका छन् । काभ्रे प्रतिनिधि सभा २ मा कांग्रेसका मधु आचार्यले ७ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका गोकुल बाँस्कोटाले १० हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।

प्रदेश सभातर्फ ‘क’ मा कांग्रेसका सुन्दरमणि आचार्यले ३ हजार १ सय ८२ मत प्राप्त गरेका छन् भने एमालेका लक्ष्मण लम्सालले ५ हजार ९ सय ०९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश सभा ‘ख’ मा कांग्रेसका कञ्चन चन्द्र बादेले ४ हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने एमालेकी बसुन्धरा हुमागाईले ४ हजार ९ सय ४२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै काभ्रे प्रतिनिधि सभा १ मा कांग्रेसका तिर्थ लामाले ८ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका गंगा बहादुर दोङले ८ हजार १ सय ९० मत प्राप्त गरेका छन् ।  प्रदेश सभा ‘क’ मा कांग्रेसका सिवि लामाले ४ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका रत्न ढकालले ६ हजार २ सय ९९ मत प्राप्त गरेका छन् । प्रदेश सभा ‘ख’ मा कांग्रेसमा गणेश लामाले ६ हजार ४९ मत प्राप्त गरेका छन् भने एमालेका चन्द्र लामाले ४ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया