ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रुकुम, २२ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नगरपालिका-२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका-१ का १८ वर्षीय ट्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

दुर्घटनामा परी सहचालक सोही ठाउँका १५ वर्षीय टीकाराम परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

घाइते परियारको अहिले चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको उनले बताए । बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया