नविताको ४ र रविनाको २ जित

काठमाडौं । नेपाल एपिएफ क्लबका संयोग कपाली र एलेक्स महर्जन ‘हुवाई नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिता’ को यू–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनलमा संयोगले आर्मीका बोधी डिसीलाई ४–१ तथा एपिएफकै एलेक्सले याला स्पिनका डिकेन महर्जनलाई ४–३ को रोमाञ्चक सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।

उपाधिका लागि एपिएफकै खेलाडीद्वय संयोग र एलेक्सले शुक्रबार खेल्नेछन् । सोही विधाको गल्र्सतर्फ आर्मीकी दीक्षा दाहाल र वज्र युनियनकी स्मृति पन्त फाइनलमा पुगेकी छिन् । आर्मीकी दीक्षाले सेमिफाइनलमा एपिएफकी अञ्जु सुवाललाई ४–३ र वज्रकी युनियनकी स्मृतिले पिङपाङ स्टारकी मारिया थापामगरलाई ४–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाइन् । महिला सिंगल्सको सुपर लिगमा नविता श्रेष्ठले बुधबार ४ जित दर्ता गरिन् ।

पुलिसकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ३–० र सोनु थापामगरलाई ३–१ को सेटमा हराइन् ।  नविताले आर्मीकी स्वेच्छा नेम्बाङलाई ३–० र दीक्षा तामाङलाई ३–१ को सेटमा हराउँदै ४ जित निकालिन् ।  पुलिसकी एलिना महर्जनले एपिएफकी शेलिसा खड्गीलाई ३–१, आर्मीकी रविना महर्जनलाई पनि ३–१ र एपिएफकी सिक्का सुवाललाई ३–० ले हराउँदै ३ जित हात पारिन् । आर्मीकी रविना महर्जनले पनि पुलिसकी सोनु थापामगर र एपिएफकी शेलिसा खड्गीलाई समान ३–१ को सेटमा हराउँदै २ खेल भने गुमाइन् ।

आर्मीकै स्वेच्छा नेम्बाङले पनि आफ्नै क्लबकी दीक्षा तामाङमाथि ३–१ को सेटमा रोमाञ्चक जित निकाल्दै एक खेल भने गुमाइन् ।  पुरुषतर्फको सुपर लिगको खेलमा भने पुलिसका स्यान्टु श्रेष्ठले आर्मीका कृष्ण थापामगरलाई ३–०, पुलिसकै विनेश खनियाँलाई ३–० र भक्तपुरका राजीव चिकनबन्जारमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाले । एपिएफका पुरुषोत्तम वज्रचार्यले पनि पुलिसका विनेश खनियाँलाई ३–१, भक्तपुरका राजीव चिकनबन्जारलाई ३–० र आर्मीका चन्दन साहीलाई ३–१ को सेटमा हराउँदै ३ जित निकाले ।

पुलिसका दीप साउनले एपिएफका अमरलाल मल्ललाई ३–१ र पुलिसकै प्रदीप रोकालाई ३–१ हराउँदा एपिएफका शिवसुन्दर गोथेसँग भने ३–२ को सेटमा खेल गुमाएका थिए । गोथले थप २ खेलमा जित निकाल्दा एपिएफका विलेस श्रेष्ठ र आर्मीका नारायण घिमिरेलाई ३–० ले हराए ।

प्रतिक्रिया