फिदिम नगरको नीति बजेट तथा कार्यक्रम सार्वजनिक

phidim nagarपाँचथर । फिदिम नगरपालिका को पहिलो नगरसभा सम्पन्न भएको छ । सभाले आव ७४ ७५ को निति तथा कार्यक्रम सार्वजनिकसमेत गरेको छ । नगरका मेयर ओनाहाङ नेम्वाङको अध्यक्षतामा भएको उक्त सभाले विकास बजेट ५३ करोड ६० लाख ९४ हजार बिनियोजन गरेको छ ।

पूर्वाधारमा २१ करोड, आर्थिक विकास, १५ करोड, सामाजिकतर्फ २७ करोड, संस्थागत विकास सेवा प्रवाह र सुशासनमा १० करोड वातावरण तथा विपततर्फ ४ करोडको रकम छुट्याएको छ ।

जोरसाल, सरखण्डे, शिवाखोला लगायतका स्थानहरूलाई जोडेर १४ वडालाई समेट्ने गरी रिङरोड निर्माण गरिने भएको छ । आव ७४÷ ७५ मा सुव्यवस्थित सहरका लागि गुरुयोजनासमेत बनेको छ । आवधिक योजना बजेटको व्यवस्था स्मार्टसिटी बनाउने, फ्री वाईफाईको अवधारण ल्याएको छ ।

नगरका सवै वडाहरूमा नक्सापास, सूचना प्रविधिको व्यवस्था, वडा नगरमा बसको व्यवस्था साथै पार्किङ गरिने भएको छ । त्यस्तै, अन्डर ग्राउन्ड पार्किङ सहितको घर निर्माण नक्सा पासमा रकम छुट हुने गरिने भएको छ । त्यस्तै, एक घर एक धारा नीति ल्याएको छ ।

त्यसैमा वडा नगर कार्यालयहरूको भवन निर्माण गर्ने योजना साथै अस्पतालका बिरामहिरूलाई निःशुल्क टिकटको व्यवस्था गरिने जनाइएको छ ।

प्रतिक्रिया