दुई संघीय प्रतिनिधिसभासदस्य निर्वाचित हुनेगरी क्षेत्र निर्धारण गर्न माग

संखुवासभा, १४ भदौ । नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधि पाउनुपर्नेमा जोड दिएका छन् ।

खाँदबारीमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कार्कीले संविधानले व्यवस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

इतिहासविद् तथा राजनीतिक विश्लेषक डा. रमेश ढुंगेलले संखुवासभा जिल्लामा दुईजना जनप्रतिनिधि कायम गराउनुपर्ने आवश्यकता औँल्याए ।

संघीयतालाई अरु देशसँग तुलना गरेर नेपालमा लागू गर्न नमिल्ने भन्दै डा. ढुंगेलले दुरदरजका जनताको आवाज समावेस गर्न र जनताको लागि राज्य छ, भन्ने अनुभूति गराउनुपर्ने धाराणा राखे ।

अरुण विद्युत् आयोजना र चीनसँग जोडिएको किमाथाङका नाका रहेको संखुवासभा जिल्लालाई प्राकृतिक र जनसंख्याको आधारमा दुईजना जनप्रतिनिधि पाउने कुरामा संविधानले नै स्पष्ट देखाएको उनले जिकिर गरे ।

प्रतिक्रिया