साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा. कोइराला

काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।

बैकको सञ्चालक समितिको बुधबारको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा. कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा. कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनि वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् ।

प्रतिक्रिया