लमजुङमा रोटरीको क्षेत्रीय सम्मेलन हुने

बेसीशहर, १४ भदौ । अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय सम्मेलन हुन लागेको हो ।

क्लबले बुधबार पत्रकारसम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको हो । सम्मेलनमा विभिन्न जिल्लाका रोटरीमा आबद्ध सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल गर्ने रोटरी क्लब लमजुङका अध्यक्ष दीपक पौडेलले बताए ।

क्लबको मुख्य प्रस्तावनाबाहेक सम्मेलनको अवसरलाई सदुपयोग गर्दै जिल्लाको जलविद्युत्, पर्यटन र व्यापार प्रवद्र्धनलाई पनि विशेष प्राथमिकतामा राखिएको अध्यक्ष पौडेलले बताए ।

“सम्मेलनमा रोटरीमा आवद्ध उद्योगी, व्यापारी, सामाजिक अभियन्ताहरुको सहभागिता हुनेछ” अध्यक्ष पौडेलले भने “उनीहरुबीच जिल्लाको व्यापार, पर्यटन र जलविद्युत् लगानीका बारेमा जानकारी गराउछौँ ।”

यसबाट जिल्लाको उद्योग, व्यापार, पर्यटन, जलविद्युतका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने विश्वास लिएको अध्यक्ष पौडेलको भनाई छ ।

प्रतिक्रिया