हमालको राहत सर्लाहीमा

rajesh-in-sarlahiकाठमाडौं १४ भदौ । अभिनेता राजेश हमालले सर्लाहीका बाढीपीडितलाई राहत वितरण गरेका छन् । सर्लाहीको शिवनगर, सकरौल, विनगर्राका बाढीबाट प्रभावित जनतालाई हमालले राहत बाँडेका हुन् । हमालले करिब १ सय ५० घरपरिवारलाई राहत वितरण गरेका थिए । उनले प्रत्येक परिवारलाई २० केजी चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धाहरूका लागि कपडा वितरण गरे ।

हमालले बाढीबाट प्रभावितलाई राज्यले बेलैमा सहयोग गर्नुपर्ने बताए । साथै हमालसँग स्थानीय जेष्ठ नागरिकले सुरक्षा भत्ता नपाएको गुनासोसमेत गरेका थिए । सामाजिक सुरक्षा भत्ताका लागि पहल गर्ने आश्वासनसमेत हमालले दिएका छन् ।

प्रतिक्रिया