नेयमारको स्थान डेम्बेलेले लिने

43A671F100000578-4830430-image-a-42_1503939050061बार्सिलोना १४ भदौ । बार्सिलोनका लागि ब्राजिलियन स्टार नेयमारको स्थानमा उसमान डेम्बेलेले पाएका छन् । बार्सिलोनाले बोरुसिया डर्टमन्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गरेको छ । मेडिकलपछि सोमबार सम्झौतामा हस्ताक्षरसँगै डेम्बेलेको स्थान नेयमारको सट्टामा पक्का भएको थियो । विश्व कीर्तिमानी मूल्य २० करोड पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि ब्राजिलियनको स्थानमा डेम्बेलेले पाएका हुन् ।

बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउन्डमा अनुबन्ध गरेको थियो । यससँगै उनी विश्वका दोस्रो महँगा खेलाडी बनेका छन् ।  उक्त रकम १३ करोड ५५ लाख पाउन्डसम्म पुग्नेछ । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले ५ वर्षको सम्झौता गरेको छ । बार्सिलोनाले डेम्बेलका लागि रिलिज क्लज ३६ करोड ९६ लाख पाउन्ड राखेको छ । नेयमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्र्याउन निकै प्रयास गरेको थियो ।

तर, ३ पटकको प्रयासमा पनि बार्सिलोना सफल हुन सकेन ।  बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक रहेको बताएको छ । डेम्बेलेले ११ नम्बरको जर्सी लगाउने पनि बार्सिलोनाले जनाएको छ । यसअघि नेयमारले बार्सिलोनामा ११ नम्बरको जर्सी लगाउने गरेका थिए । डेम्बेलेले बार्सिलोना आउनु आफ्नो सपना रहेको र यो सपना पूरा हुँदा आफू निकै खुसी रहेको बताएका छन् ।

प्रतिक्रिया