देउवा–कोइराला निवासको दुरी मेटिँदै

deubaकाठमाडौं । भारत भ्रमणका क्रममा विमलेन्द्र निधीलाई कार्यबहाक सभापति बनाइएकोमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि प्रकट गरे । तर, त्यसको भोलिपल्ट पौडेलकै टिमबाट महामन्त्री निर्वाचत भएका डा. शशांक कोइराला कार्यवहाक सभापति निधीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देखा परे । ५ दिनका लागि कार्यवहाक सभापति बनेका निधीले पाँचाँै दिन पत्रकार सम्मेलनको आयोजना गर्नु र त्यो कार्यक्रममा महामन्त्री डा.कोइरला उपस्थित हुनु अर्थपूर्ण छ । कांग्रेसभित्र पौडेल पक्षको आवाजलाई सम्बोधन गरिरहनु आवश्यक छैन भन्ने संकेत पनि हो यो ।

shansakaमहामन्त्री कोइराला नेता पौडेलको कित्तामा कायमै छन् कि ? देउवाको कित्तामा सामेल भइसकेका छन्, आफ्नो नेतृत्वमा छुट्टै कित्ता निर्माण गरिसकेका छन् ? भन्ने प्रश्नको उत्तर कांग्रेस वृत्तमा सर्वाधिक चासोको विषय हुने गरेको छ । पौडेलको टिमबाट चुनाव जितेका कारण उनलाई सञ्चार माध्यमहरू पौडेलकै कित्तामा राखेर समाचार बनाउने गरेका छन् । तर, सभापति देउवाद्वारा जति पनि विवादास्पद कदम चालिएका छन् सबैमा महामन्त्री कोइरालाले साथ दिएका छन् ।

केन्द्रीय समिति विस्तार गर्न ढिलाइ भएको प्रसंग नेता पौडेलले उठाएको समाचार सञ्चार माध्यममा आएपछि सञ्चारकर्मीले महामन्त्री कोइरालाको प्रतिक्रिया मागेका थिए । उनको प्रतिक्रिया थियो, ‘हिजो हामी संस्थापन पक्ष हुँदा पनि समयमै केन्द्रीय समितिलाई पूर्णता दिन नसकेकै हो, हामीले आफ्नो पालामा नसक्ने, अहिले देउवाजीले सक्नुभएन भनेर दोष दिने गर्नुहुन्न । लोकमान सिंह कार्कीमाथि माओवादी र एमालेका सांसदद्वारा महाअभियोगको प्रस्ताव दर्ज गरिएपछि सभापति देउवा कार्कीको बचाउमा लागे, नेता पौडेल महाअभियोगको पक्षमा देखिए ।

तर, महामन्त्री कोइराला भने देउवाभन्दा पनि चर्को रूपमा लोकमानको पक्षमा उभिए । आइजिपी बढुवा प्रकरणमा देउवा पक्षमै तनाव उत्पन्न भयो । वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई गरिएको त्यो नियुक्तिको विपक्षमा पौडेल उभिइरहँदा महामन्त्री कोइरालाले तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीलाई खबरदारी गर्दै भने, ‘सभापतिको निर्देशन पालना नगर्ने दुस्साहस कुनै हालतमा नदेखाउनुस् ।’ प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावले मुलुक नै तरंगित भयो । देउवा पक्षका गृहमन्त्री निधीसमेत पदबाट राजीनामा दिए । एउटा प्रयोजनका लागि गरिएको हस्ताक्षर सभापति देउवाद्वारा अर्को प्रयोजनका लागि दुरुपयोग भयो भन्दै नेता पौडेलले आपत्ति प्रकट गरे । तर, यो प्रकरणमा पनि महामन्त्री कोइरालाले देउवालाई नै साथ दिए ।

एक महिनाअघि महामन्त्री शशांक, केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले ‘हामी अब एक ठाउँमा छौँ’ भन्ने सन्देशसहित तस्बिर सार्वजनिक गराए । अस्वस्थाताका कारण सुजाता खासै सक्रिय छैनन् । सर्वाधिक मत ल्याएर पौडेलको टिमबाट केन्द्रीय सदस्य निर्वाचित भएका शेखर कोइरालाले महाधिवेशनलगत्तै आफू कुनै पनि पक्षमा नरहेको घोषणा गरिसकेका थिए । त्यसयता डा.शेखरले महामन्त्री पदमा उम्मेदवार बन्न नपाएको असन्तुष्टि नेता पौडेलविरुद्ध पोख्दै आएका थिए । नेविसंघको महाधिवेशनमा नेता पौडेलको टिमलाई हराउन डा.शेखरले छुट्टै प्यानल बनाएर चुनावी मैदानमा पठाए । जसका कारण देउवा पक्षले शानदार मतको अन्तरमा चुनाव जित्यो । तर, पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री मागेका डा.शेखरलाई देउवाले अन्तिम समयमा धोका दिए । यो धोकापछि उनी देउवाको पनि विपक्षमा देखिएका छन् ।

देउवाले गरेका विवादास्पद निर्णयहरूलाई जसरी नेता पौडेलले विरोध गरेका छन् त्यसरी नै डा.शेखरले विरोध गर्ने गरेका छन् । कोइराला परिवारका ३ नेतामध्ये अग्रज तथा क्षमतावान् मानिएका डा.शेखर आफ्नो अडानमा भने सधैँ चुक्दै आएका छन् । सभापति देउवाले स्थानीय तहको निर्वाचनका क्रममा माओवादीसँग तालमेल गर्दा पार्टीभित्रबाट सबैभन्दा चर्को आलोचना डा.शेखरले गरेका थिए । उनको यो आलोचनालाई पार्टीभित्र धेरैले तार्किक मानेका थिए । डा.शेखरको यो लाइनको पक्षमा पार्टीभित्र माहोल बन्दै गर्दा गत बिहीबार उनी महामन्त्री कोइरालाको निवासमा देखा मात्रै परेनन् माओवादीका तर्फबाट नेपाल पत्रकार महासंघको सभापति पदमा निर्वाचित गोविन्द आचार्यलाई फूलमाला लगाए । माओवादीसँग चुनावी तालमेल गर्ने कांग्रेस सभापति देउवाको निर्णय अत्यन्त औचित्यपूर्ण थियो भन्ने पुष्टि गर्न डा.शेखर आपैmँ अघि सरे । देउवा निवासभन्दा पहिले नै माओवादीबाट चुनाव जित्नेहरूले कोइराला निवासबाट स्वागत र सत्कार पाए । देउवा निवास र कोइराला निवासबीचको दुरी अब सकिएको उदाहरण हो यो ।

प्रतिक्रिया