मदन भण्डारी कलेजको चरम लापर्वाही : अध्यापन एउटाको प्रश्नपत्र अर्कैको

madan collegeकाठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमअनुसार क्याम्पसले नपढाउँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विश्वविद्यालयले १ वर्षअघि पाठ्यक्रम परिवर्तन गरेको भए पनि कलेजले पुरानै पाठ्यक्रम अनुसार पढाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

त्रिभुवन विश्वविद्यालयले गतवर्ष नै मानविकी संकायअन्तर्गत स्नातक पहिलोवर्षको समाजशास्त्र विषयको पाठ्यक्रम परिवर्तन गरेको थियो । त्रिवि मातहतका सबै कलेजहरूले गतवर्षदेखि नै नयाँ पाठ्क्रम अनुसार पठनपाठन सुरु गरेका थिए । परीक्षा पनि गतवर्षदेखि नै नयाँ पाठ्यक्रम अनुसार भएको थियो । तर, राजधानीको मदन भण्डारी मेमोरियल कलेजले भने पाठ्यक्रम परिवर्तनको १ वर्षपछि पनि पुरानै पाठ्यक्रम पढाएको विद्यार्थीको आरोप छ ।

कलेजले पुरानो पाठ्यक्रम पढाएको र परीक्षामा नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्र सोधेपछि विद्यार्थीहरू अन्योलमा परेका हुन् ।
परीक्षाको प्रवेश पत्रमा ३ सय ११ कोड नम्बरको पुरानो समाजशास्त्र विषय उल्लेख गरे पनि सोमबार भएको परीक्षा भने ४ सय १ कोड नम्बरको समाजशास्त्र नयाँ पाठ्यक्रमको परीक्षा भएको थियो । यसरी विद्यार्थीहरू आपूmले नपढेको विषयको परीक्षा दिन बाध्य भएका थिए । क्याम्पसले विद्यार्थीलाई पुरानो पाठ्यक्रम पढाए पनि परीक्षामा नयाँ पाठयक्रमअनुसार प्रश्न सोधको थियो ।

८० पूर्णांकको समाजशास्त्र विषयको परीक्षा क्याम्पसको लापर्वाहीले विद्यार्थीलाई परीक्षा दिन समस्या भएको थियो । एउटा पाठ्यक्रम पढेर परीक्षा दिन गएका विधार्थीहरू अर्कै पाठ्यक्रमा आधारित प्रश्नपत्र देखेपछि अलमल्लमा परेका छन् । राम्रो शिक्षा आर्जन गर्ने उद्देश्यले देशका कुनाकाप्चाबाट आएका विद्यार्थी कलेजको लापर्वाहीको सिकार भएका छन् । पाठ्यक्रम परिमार्जन भएको १ वर्षसम्म पनि जानकारी नपाउनु लज्जास्पद विषय भएको विद्यार्थीको गुनासो छ ।

सोमबारको परीक्षापछि स्नातक तह प्रथम वर्षमा समाजशास्त्र विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरू आक्रोशित बनेका छन् । विद्यार्थीको भविष्यमा चरम खेलबाड भएको भन्दै उनीहरूले  आक्रोश व्यक्त गरेका छन् । ‘कक्षामा पढाए अनुसारको तयारी गरेर परीक्षा दिन गएको’ स्नातक प्रथम वर्षमा अध्ययनरत रचना तामाङले भनिन्, ‘पढ्दै नपढेको प्रश्न सोधेपछि छाँगाबाट खसेझँ भएँ ।’

देशका कुना काप्चामा पाठ्यक्रम परिवर्तन भएको जानकारी पुग्दा मदनभण्डारी कलेजलाई जानकारी नहुनु हास्यास्पद र लज्जास्पद भएको उनको भनाइ छ । कलेजको फितलो र कामै नलाग्ने व्यवस्थापनका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको उनले बताइन् । स्नातक प्रथमवर्षको समाजशास्त्र विषय क्याम्पस प्रमुखसमेत रहेका डम्बर हमालले बढाउँदै आएको विद्यार्थीको भनाइ छ ।

सरले जेठ अन्तिमतिर कोर्ष पूरा भएपछि तिमीहरूको कोर्ष चेन्ज पनि हुन सक्छ है भन्नुभएको थियो’ विद्यार्थी विश्वराम सुनुवारलले भने, ‘कलेजले त्यसपछि कुनै जानकारी दिएन ।’

प्रतिक्रिया