ललितपुर मोबाइल एक्स्पोमा भारी छुट

ललितपुर १३ भदौ । ललितपुर मोबाइल कम्प्लेक्सले दसैं तथा तिहारको अवसरमा विभिन्न ब्रान्डका मोबाइल फोन खरिदमा ७० प्रतिशत सम्मको छुट दिने भएको छ । १६ भदौदेखि २६ सम्म एक्स्पो आयोजना सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।  कम्प्लेक्समा नै रहेको टेलिइनोभेसन प्रालिको सोरुमको ग्रान्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुनेछ । मेलामा ग्राहकहरूले कुनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।

त्यसैगरी, हात खाली नजाने उपहारहरू पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पिकर प्राप्त गर्न सक्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सय देखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्रान्डका फोन उपलब्ध छन् । कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरसँगै विभिन्न मोबाइल कम्पनीले ल्याएका अफर पनि साथमा लागू हुनेछन् । जसमा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाइक उपहार, क्यासब्याक, विभिन्न देशको टुर लगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीब्रान्ड मोबाइल सोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरूका लागि महान् चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । कम्प्लेक्समा सामसङ, ह्वावे, जिओनी, कलर्स, आइफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओबिआई, लाभा, सोनी, जेडटिईलगायत ब्रान्डका फोन छन् ।

प्रतिक्रिया