डंगोलका गणेश प्रदर्शनीमा

1ललितपुर १३ भदौ । पुल्चोकस्थित पार्क ग्यालरीमा अग्रज कलाकार गोविन्द लाल सिंह डंगोलको एकल कला प्रदर्शनी सोमबारबाट सुरु भएको छ । नेपाली कलामा गणेशका चित्र बनाउने कलाकारको परिचय बनाएका डंगोलले यस प्रदर्शनीमा गणेशका विभिन्न रूपका चित्र र अमूर्त कला राखेका छन् । सिनियर कलाकारका कलाकृति हेर्नका लागि यो प्रदर्शनी अवसर रहेको बताउँदै ग्यालरीका सञ्चालिका नीरा जोशीले भनिन्, ‘युनिक ढंगले उहाँले कलाकृति बनाउनुभएको छ । कलरलाई कलाकारले निकै आकर्षक र कलात्मक रूपमा संयोजन गर्नुभएको छ ।’

‘डिभाइन फेरभोर एन्ड हिज अब्स्ट्राक्ट’ शीर्षकमा गरिएको प्रदर्शनीमा गणेशका विभिन्न भावभंगीमा र तिनका रूपलाई कलाकारले प्रस्तुत गरेका छन् । सानैदेखि गणेशको भक्त रहेकाले आफूले गणेशकै चित्र बनाएको डंगोलले बताए । ‘अग्रज कलाकारका कलालाई अध्ययनको रूपमा नेपालमा कुनै पनि इन्स्टिच्युटले राख्न नसकेको बताउँदै कलाकार तथा समीक्षक मुकेश मल्लले भने, ‘यो प्रदर्शनीले नयाँ पुस्ताका कलाकारलाई अध्ययन गर्न सघाउ पु¥याउँछ ।’
२ महिनासम्म प्रदर्शनी रहने जोशीले जानकारी गराइन् ।

प्रतिक्रिया