क्रान्तिकारीको उपमहासचिवमा गोविन्दको उम्मेद्वारी

21175062_1429907093790049_551690039_nकाठमाडौं १२ भदौ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको उप-महासचिव पदमा गोविन्द घिमिरे ‘प्रवेश’ ले उम्मेद्वारी दिने भएका छन् । वि.स २०५४ सालदेखि विद्यार्थी आन्दोलनमा खटिएका घिमिरे अखिल क्रान्तिकारीमा शालिन र जुझारू विद्यार्थी नेताको रुपमा परिचित छन् । त्यसैले पनि २१औँ राष्ट्रिय सम्मेलनमा उनको उम्मेद्वारीलाई क्रान्तिकारी विद्यार्थीहरूले खुलेरै समर्थन जनाइरहेका छन् ।

21175305_1429907627123329_666499861_n

यसअघि विद्यार्थी नेता घिमिरेलाई क्रान्तीकारी विद्यार्थीले महासचिव पदमै समर्थन जनाइरहेका थिए । यद्यपि, घिमिरे भने संगठनमा खटिएका सबै विद्यार्थी नेताको शैक्षिक आन्दोलनमा उत्तिकै भूमिका रहेकाले र समग्र संगठनमा स्वच्छ तवरबाट कुशल नेतृत्व चयन गर्न एक कदम पछि हटेका छन । जुन घिमिरेको सरल पक्षलाई क्रान्तीकारी विद्यार्थीले निकै तारिफ गरेका समेत छन् ।

21198161_1429908000456625_848693231_o

विद्यार्थी आन्दोलनबाट शैक्षिक गुणस्तरमाथि उकास्न माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको भूमिका अहम रहँदै आएको छ । घिमिरे पनि करिब २ दशकदेखि विद्यार्थी आन्दोलन कुशल योद्धाको रुपमा होमिदै आएका छन् । उनी २०५८ सालमा दरबार हत्याकाण्डको बेला प्रहरी हिरासतमा परेका थिए । र, दोस्रोपटक २०६०भाद्रदेखि २०६२ भाद्रसम्म झन्डै २५ महिना राज्यपक्षले घिमिरेलाइ बेपत्ता पारी चरम यातना दिएकाे थियाे ।

21151115_1429908107123281_427855920_n

रामेछापका घिमिरेले पार्टी फुट्दासमेत असन्तुष्ट विभिन्न शैक्षिक क्षेत्रका विद्यार्थी नेतालाई समेट्दै आफ्नो कुशलतासमेत प्रस्तुत गरीसकेको एक विद्यार्थी नेता बताउँछन् । एकता हुँदासमेत उनले तल्लो तहका क्रान्तीकारी विद्यार्थीलाई फिल्डमै खटिएर विना विवाद संयोजन गरेका थिए । जुन अखिल क्रान्तीकारी विद्यार्थीमाझ सर्वधितै छ । यसअघि केन्द्रीय सचिव रहेका घिमिरे १० वर्षिय युद्धका समेत लडाकु हुन् । उनले भ्याली एसटिएफमा रहेर अर्बान गुरिल्ला तालीम तथा कमाण्डो गरेका छन् ।

नेपालकाे खेलकुद क्षेत्रमा याेगदान समेत पुर्याएका घिमिरे  विभिन्न शैक्षिक क्षेत्रका विद्दार्थीसँग सहजै घुलमिल हुन सक्ने विद्यार्थी नेताकाे रूपमा परिचित छन् ।  उपत्यकाका विभिन्न शैक्षिक क्षेत्रकाे फिल्डमै खटिएर संगठन निर्माणमा उनले याेगदान पुर्याउँदै अाएकाले उपत्यकामा उनी निकै लाेकपृय विद्यार्थी नेताकाे रूपमा चिनिन्छन् ।

21198349_1429907893789969_1518776167_o

उनी विगत ८ वर्षदेखि शैक्षिक क्षेत्रलाई खेलको माध्यमबाट आगाडि बढाउनका लागि योगदान दिँदै आएका छन् । एकताको २१औँ राष्ट्रिय सम्मेलनबाट उप-महासचिवमा घिमिरेको जित भएमा अखिल क्रान्तीकारीले विद्यार्थी आन्दोलनलाई थप म्रुत रुप दिन सक्ने तल्लोतहका विद्यार्थी नेताले विश्वास लिएका छन् ।

21170974_1429918810455544_589485488_o

घिमिरे उपत्यकामा काम गर्ने पुरानो विद्यार्थी नेता समेत हुन् । वि.स २०५७ मा उनी पशुपति क्याम्पसको संस्थापक सचिबसमेत हुन् ।

21175153_1429918837122208_2058494488_n

प्रतिक्रिया