रेडियोकर्मी तालीम सम्पन्न

पाँचथर, १२ भदौ । पाँचथरको एकमात्र सामुदायिक रेडियो सुम्हात्लुङ एफ एम ले आयोजना गरेको ६ दिने रेडियो पत्रकारीता तालिम सम्पन्न गरेको छ । सदरमुकाम फिदिममा भएको तालिम आइतबार सम्पन्न भएको हो ।

तालिममा पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका गरी ३२ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई समाचार लेखन,वाचन,कार्यक्रम उत्पादन,प्रस्तुती र अन्तरवार्ता लिनेबारे प्रशिक्षक लिलप्रकाश चन्दले जानकारी गराएका थिए । रे

डियो प्रशिक्षक यूवा पत्रकार कविन्द्र सेर्माले रेडियो पत्रकारीता र सम्भावनाको विषयमा सहजीकरण गरेका हून । तालिमको समापन समारोहमा बोल्दै फिदिम नगरपालिकाका मेयरओनाहाङ नेम्वाङले सामुदायिक रेडियो सुम्हात्लुङ एफ एम सँगै जिल्लाको अन्य एफ एम रेडियोहरुलाई नगरपालिकाले सहयोग गर्ने बचन दिए ।

रेडियोका अध्यक्ष दिलेन्द्र सुव्वाले तालिममा सहभागीमध्ये उत्कृष्टहरुलाई रेडियोले कर्मचारीको रुपमा छनौट गरी रोजगारी पनि दिने बताएका छन । तालिमको समापन समारोहमा सहभागीहरुलाई स्वागत रेडियोका सदस्य चन्द्रकुमार आङदेम्वेले गरेका थिए ।

तालिममा रेडियो सञ्चालक समितिका उपाध्यक्ष लेखनाथ खतिवडा,सदस्य गौरव लामा र नेपाली काँग्रेसका महासमिति सदस्य अम्विकोप्रसाद न्यौपानेको पनि सहभागिता रहेको थियो । तालिम गत भदौ ६ गतेदेखि आयोजना गरिएको एफ एम का स्टेसन मेनेजर यूवा पत्रकार जङग तामाङले जनाएका छन ।

दृष्टिविहिन विद्यार्थीलाइ पोसाक बितरण

nnnnn

पाँचथर फिदिम नगरपालिका–४ गडीमा रहेको गडी मावि र फिदिम मावि का १५ जना दृष्टिविहिन विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।आइतबार गरीएको कार्यक्रममा शैक्षिक सहयोग स्वरुप दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

दिन दुःखीहरुको सहयोगकै लागि स्थापित समथिङ फाउण्डेसनको संयोजनमा मर्सिकोर नेपालका वरिष्ठ परियोजना अधिकृत नरेश आङ्बोले पोशाक खरिदका लागि आर्थिक सहयोग गरेका थिए । विद्यार्थीहरुलाई प्रदान गरिएको पोशाकमा सट पाइन्ट र सट फ्रक रहेको छ ।

कार्यक्रममा व्यवसायी सुजन रिजालले दृष्टिविहान विद्यार्थीहरुलाई सिरकको खोल,बेड कभर र सिरानीको खोल १५/१५ वटा दिएका थिए । उनले एउँटा ग्याँस सिलिण्डर पनि दिएका छन ।

कार्यक्रममा जिसस पाँचथरका प्रमुख विमल सापकोटाले समथिङ फाउण्डेसनको व्यानरमा मनकारीहरुले सहयोग गरेको भन्दै सामाजिक कामको लागि सहयोगदाताहरु र सहयोगको संयोजन गर्ने फाउण्डेसनको पदाधिकारी सहितको टिमलाई धन्यवाद दिदै पोसाक बितरण गरेका थिए ।

फाउण्डेसनको मूख्य संरक्षक गुरुङ रामप्रकाश समथिङले यसअघि पनि सहयोग गर्दै आएको भन्दै आगामी वर्षहरुमा पनि सहयोगलाई निरन्तरता दिइने बताए । गरुङले अन्य दूखिहरुको घाउमा मलम लगाउदै आइरहेका छन ।

सोहिअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र लावती र प्रधानाध्यापक मानध्वज थाम्सुहाङले सहयोगप्रति आभार व्यक्त गरेका छन । कार्यक्रममा फिदिम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रकाश गुरुङ,फाउण्डेसनका अध्यक्ष तथा अधिकारकर्मी मंगल बेघा लगायत को सहभागीरहेको थियो ।

प्रतिक्रिया