रायनालाई स्वर्ण

rayana won gold medalकाठमाडौं १२ भदौ । एस स्कुलकी रायना शाहले १०औँ एलए÷जेटिआइ अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यू–१२ गल्र्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् । हात्तीवनस्थित आयोजक लिटिल एञ्जल्स (एलए) को कोर्टमा भएको फाइनलमा रायनाले सेन्ट जेभियर्सकी इशाश्री शाहलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् ।

यू–१४ गल्र्स डबल्समा एलएका सलोनी तामाङ र सिकुम सुब्बाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा एलएकै हर्षिता पन्त र करुणा बुढाथोकीलाई ६–२ र ६–३ को सीधा सेटमा हराए । यू–९ ब्वाइज सिंगल्सको फाइनलमा जोन डेवीका आयुशमान हजुर घलेले एलएका सक्षमविक्रम शाहलाई ५–४ र ४–२ को सोझो सेटमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।

यू–१२ ब्वाइज सिंगल्समा अक्षराका आदित्य सुवेदीले विश्व निकेतनका प्रितम परियारलाई ६–२ र ६–० तथा नेपाल पुलिस स्कुलका निश्चल अधिकारीले आफ्नै स्कुलका चिराग तिमल्सिनालाई ६–१ र ६–१ ले सहजै पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे । यू–१० गल्र्स सिंगल्समा यु–९ सिंगल्समा च्याम्पियन बनिसकेकी प्रिमियरकी प्रशंसा मोक्तानले मल्पी सिटीकी समृद्धि श्रेष्ठलाई ६–२ र ६–३ ले हराउँदै सेन्ट मेरिजकी इभा अधिकारीसँग फाइनल भेट पक्का गरिन् ।

अर्को सेमिफाइनलमा इभालले लोयल्टी एकेडेमीकी रोशनी लिम्बूमाथि ५–७, ६–२ र ११–९ को संघषपूर्ण जित निकालेकी थिइन् । सोही स्पर्धाको ब्वाइजमा काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर, जोन डेवीका आयुशमान हजुर घले, केन्द्रीय विद्यालयका राजवीर प्रधान र पुलिस स्कुलका प्रसिद्ध बस्नेत आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउँदै सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया