पोखरा एकेडेमी र सोसल पब्लिक च्याम्पियन

3

कास्की । पोखरा एकेडेमी र सोसल पब्लिक स्कुल अन्तर बिद्यालय ह्याण्डबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखराको बाटुले चौर स्थित हिमालय क्लबमा सम्पन्न छात्रातर्फको फाईनल खेलमा पोखरा एकेडेमीले लिटिल स्टेफ एकेडेमीलाई ४–३ को गोल अन्तरले हरायो । पोखरा एकेडेमीकी प्रकृति तामाङले सवार्धिक २ गोल गरिन् । छात्रतर्फको फाईनल खेलमा सोसल पब्लिकले सरस्वती आदर्श बिद्या आश्रमलाई १४–१२ गोल अन्तरले हरायो । सोसल पब्लिकको जितमा सरोज गुरुङले ८ स्कोर गरे ।

उपाधि बिजेता पोखरा एकेडेमीकी संगिता गुरुङले छात्रातर्फ तथा उपबिजेता सरस्वती आदर्श बिद्या आश्रमका प्रबिन गुरुङले उत्कृष्ट खेलाडीको उपाधि हात पारे । अलराउण्ड प्रदर्शन गरेका संगिताले ८ तथा प्रबिनले १८ गोल गरेका थिए । प्रतियोगिता अवधिभर सर्वाधिक गोल गर्ने खेलाडीमा छात्रातर्फ लिटिल स्टेपकी एलिना गुरुङले १२ तथा छात्रतर्फ सोसलका सरोज गुरुङले २३ गोल गरे । बेष्ट गोलकिप्रमा छात्रातर्फ लिटिल स्टिेपकी गुनमाया खाती र छात्रतर्फ सरस्वती आदर्शका निर्मल गुरुङले जिते ।

तिजका अवसरमा संचालित प्रतियोगिताका बिजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल,नेपाल ह्याण्डबल संधका अध्यक्ष तेज गुरुङलगायतले पुरस्कृत गरे । प्रतियोगितामा छात्रातर्फ १५ र छात्रतर्फ १६टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया