हुन्डाई फेस्टिभ डिलाइट योजना

hyundai-festive-delightकाठमाडौं । हुन्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना ल्याएको छ । बिहीबारदेखी सुरु भएको यो योजना कात्तिक मसान्तसम्म लागू हुनेछ ।

यो योजना दसैँ र तिहारको उत्सव मनाउने लक्ष्य लिई ल्याइएको कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले नगद ५ लाखसम्मको छुट र १ वर्षे निःशुल्क बिमा पाउनेछन् । स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका साथै लक्की–ड्रमार्पmत सय जनालाई १० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहारअन्तर्गत हुन्डाई इलाइट–२० एक थान र हुन्डाई एक्सेन्ट एक थान पाउन सक्नेछन् ।

सबै हुन्डाईका कारमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री–सभिर्सिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया