बँदेल र दुम्सीबाट किसानहरू हैरान

dumsi 1काभ्रे । काभ्रेका किसानले लगाएको मकै बाली बँदेलले नष्ट गरिदिएको छ ।  केही समयअघि चितुवाबाट प्रताडित किसान बँदेलको दुःख सहन बाध्य छन् । यहाँको पनौती र कुशादेवी वरपरका कृषकहरू मकै पाक्नुअघि बँदेलले आफ्नो मकैबालीमा क्षति पु¥याएपछि निरास भएका छन् । कुशादेवी, घ्यालकु, तेल्माले र काफ्ले गाउँका क्रमशः रामचन्द्र सापकोटा, सुमन सापकोटा, अच्युत गौतम, रामप्रसाद सापकोटा र उद्धव चपागाइँलगायतका अधिकांश कृषकहरू बँदेलको क्रियाकलापबाट अहिले रातमा सुत्दैनन् । बँदेलले राती मकैबाली नष्ट गरिदिएपछि उनीहरूले आउँदा वर्ष के खाने भन्नेबारे पनि थप चिन्ता गर्न थालेका छन् । ‘जमिनमा दुम्सी पनि ब्यापक छन् ।

बँदेलले डोजरले झै खन्ने हँुदा मरुभूमिसरह जमिन भएकोे छ । बाली लगाएपनि जोगाउनै मस्किल भयो’, स्थानीय पीडित कृषक उद्धव चापागाइँले गुनासो भने । बँदेल र दुम्सीको उत्पात बढेर समग्र पनौती नगरपालिका हुँदै शंखुसम्म पुगेको एक स्थानीय किसानले बताए । शंखुका कृषक राकेश लामाले पनि मकैबाली बँदेल र दुम्सीले नष्ट गरिरहेकाले आफूहरू दिनहुँ कुर्न जाँदा पनि बाली जोगाउन सम्भव नभएको बताए । पीडित किसानहरूले आफूहरू पीडित भएको विषयमा पटक– पटक जिल्ला बन कार्यालय, जिल्ला कृषि विकास कार्यालयलगायत सरकारी निकायमा खबर गरे पनि नियन्त्रण र राहतको कुनै पहल भएको छैन ।

किसानहरूले सरकारी निकायले आफूहरूको समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् । यसअघिका वर्षहरूमा पनि जिल्लाको विभिन्न भागमा दुम्सी र बँदेलले किसानहरूलाई सताउँदै आएको छ ।

प्रतिक्रिया