एक्काइस जोर ड्रेस चेन्ज गर्ने झरनाको पहिरन

Jharana Thapaकाठमाडौं २५ असार । झरना थापालाई नायिकाको रूपमा परिचय दिने पहिलो चलचित्र धर्मसंकट हो । धर्मसंकटको सुपरहिट गीत मलाई नेपाली माया चाहिन्छ बोलको एउटै गीतको नृत्यमा एकाइस जोर फेसनेबल ड्रेस चेन्ज गरेर रेकर्ड राखेकी थिइन् । त्यो रेकर्डलाई त्यसपछि झरनाले खेलेका दर्जनौ दर्जन चलचित्रबाट हालसम्म ब्रेक गर्न सकेको छैन् । पन्ध्रवर्ष अगाडि चाहत बुटिकले डिजाइन गरेका फेसनेबल ड्रेसमा मन खोलेर खर्च गरेर मनैदेखि अभिनय गरेकी झरनालाई त्यो अभिनय अझै पनि सपना जस्तो लाग्ने गरेको छ । पहिला एउटै गीतको नृत्यमा मात्र पनि एक्काइस जोर ड्रेस प्रयोग गर्ने गरे तापनि हाल आएर तीन चार जोर ड्रेसबाट फिल्म सकाउने ट्रेण्डको विकास भएको पाइन्छ ।

खर्च कटौतीको नाममा नायिकाको ड्रेसमा कन्जुस्याइँ हुने गरेको यथार्थतालाई झरनाले स्वीकारेकी छन् । यद्यपि, त्यसपछिका ‘ए मेरो हजुर’, ‘तिमी विना मरिहाल्छु’ र ‘मुगलान’ नामक तीन चलचित्रमा निर्माण पक्षले मन खोलेर खर्च गरेअनुरूप ती चलचित्र सफल भएको समेत उनले भनेकी छन् ।  झरनाको काठमाडौं नयाँबानेश्वर स्थित घरको एउटा रुम त ड्रेस तथा जुत्ताले भरिसकेको छ । उनको रुममा ड्रेस तथा जुत्ता राख्ने स्पेसको अभाव भैसकेको छ । जसले गर्दा कतिपय ओल्ड फेसनको ड्रेस गिफ्ट दिने कार्य उनले गर्न थालेकी छन् ।

विदेशमा जस्तो स्टार क्रेज नेपालमा पनि बढ्ने हो भने आफूजस्ता सेलिब्रेटीले लगाएको पहिरनको पनि महंगो मूल्यमा लिलाम बढाबढ हुने थियो तर, नेपालमा त्यस्तो क्रेज हालसम्म आइनसकेकोले फोकटमा आफ्ना पहिरन बाँड्नु परिरहेको यथार्थता पनि उनले भनेकी छन् । भोलिका दिनमा विदेशमा जस्तो स्टार क्रेज नेपालमा आएमा आफूहरूका पहिरनले महंगो मूल्य पाउने आशा उनी व्यक्त गर्छिन् ।

प्रतिक्रिया