रसुवा भन्सारमा पहिलोपटक एजेन्टको नियुक्ति

rasuwa vansar

रसुवा, ११ असार । व्यापारिक कारोबार सञ्चालन भएको लामो समयपछि रसुवागढी नाकामा पहिलोपटक भन्सार प्रतिनिधिको व्यवस्था भएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार भन्सार विभागले धनगढीका नरेन्द्रप्रसाद जोशीलाई नियुक्ति गरी पठाएको र जोशीले आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्  ।

अब व्यापारी व्यवसायीले चीनबाट मगाएका मालवस्तुको परिमाण भन्सार प्रतिनिधिले घोषणा गर्ने र भन्सार हातामा सामान जाँच गरी छिटोछरितो आफ्नो गन्तव्यतर्फ पठाउन सहज हुने बताइएको छ ।

भन्सार प्रतिनिधिले व्यापारीको सामग्री सुरक्षा र जाँच परीक्षणमा सहजीकरण गरी पुलको काम गर्ने, आयात गरिएका मालवस्तु तलमाथि भएमा प्रतिनिधि जवाफदेही हुने भन्सारका कर्मचारीको भनाइ रहेको छ ।

चीनको केरुङबाट जुत्ता चप्पल, थर्मस, विद्युतीय उपकरण, तयारी कपडा, रोल कपडा, स्याउ, बच्चाका खेलौनालगायत विविध सामग्री आउने गरेको र सामान आउनासाथ सबै चिजको परीक्षण एवम् राजस्व असुल गरी राजधानी पठाउने गरेको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिए ।

प्रतिक्रिया