सर्वोत्तम सिमेन्टनै किन अभियान

Sarbottam Packet
काठमाडौं । सर्वोत्तम सिमेन्टले उपभोक्तालाई सिमेन्टको जानकारी गराउन सर्वोत्तम सिमेन्टनै किन अभियान सुरु गरेको छ । उत्कृष्ट टेक्नोलोजी प्रयोग गरेर ओपिसी र ग्रिन सर्वोत्तम पिएस सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको छ । नेपालमा पहिलो पटक डेनमार्कबाट आयातित अत्याधुनिक युरोपियन मेसिनबाट उत्पादन भएको सिमेन्टको मसिनोपन ४५ सय सेमिमिटरसम्म रहेको कम्पनीले जनाएको छ । उद्योगका अनुसार उत्पादनको क्रममा कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलले सिमेन्टको उत्पादनमा एकरूपता प्रदान गर्नेछ ।
स्टिम इन्जिनबाट बिजुली उत्पादन गर्ने र एक्सरे डिफ्राक्सन मेसिन प्रयोग गर्ने एक मात्रै उद्योग भएको दाबी गरिएको छ । सिमेन्ट ६ स्टेज प्रिहिटर प्रविधिबाट पास हुने उद्योगले जनायो । वाटरप्रुफ लेमिनेटेड बोरामा सिमेन्ट प्याकिङ हुने भएकोले भण्डारणको अवधिमा समेत गुणस्तर कायम हुने उद्योगले जनायो ।

प्रतिक्रिया